कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा — OSNepal

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

LC (KTM) April 03, 2024 0

काँक्रेविहार (सुर्खेत), २१ चैतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गर्नुभएको छ । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उहाँले पदबाट राजीनामा दिनुभएको हो । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का तर्फबाट मुख्यमन्त्री बन्नुभएका शर्माले राजीनामाको घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताउनुभयो । उहाँले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाउनुभयो ।

“सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो”, उहाँले भन्नुभयो, “राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक९पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।”

उहाँले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दैै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताउनुभयो ।

डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उहाँले बताउनुभयो । “कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्”, उहाँले भन्नुभयो, “योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर