आठौ विराट गोल्डकप: सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा — OSNepal

आठौ विराट गोल्डकप: सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा

LC (KTM) April 05, 2024 0

मोरङ,२३ चैत: मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।सहिद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्रले फाइनलमा घरेलु टोली साङ्ग्रिला मोरङ एफएसँगको भिडन्त पक्का गरेको छ ।

उपाधिका लागि भोलि मच्छिन्द्र र साङ्ग्रिलाबीच प्रतिस्पर्धा हुने छ । सशस्त्र प्रहरी बलको विभागीय टोली एपीएफलाई बुधबार सडनडेथमा पराजित गर्दै साङ्ग्रिला फाइनलमा पुगेको थियो ।

मच्छिन्द्रको जितमा आयुष घलान नायक बने । प्लेयर अफ दी म्याच बनेका उनले खेल प्रारम्भ भएको ९४ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । घलानले रु ११ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

गोल्डकप विजेता टोलीाई ट्रफीसहित रु ११ लाख र उपविजेतालाई रु पाँच लाख ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर