मिमी फिल्म रिलीज अघि नै लीक, निर्देशक लक्ष्मण उतेकर भन्छन्– अब हामी धेरै होशियार हुन आवश्यक छ — OSNepal

मिमी फिल्म रिलीज अघि नै लीक, निर्देशक लक्ष्मण उतेकर भन्छन्– अब हामी धेरै होशियार हुन आवश्यक छ

LC (KTM) July 29, 2021 0

बलिउड अभिनेत्री कृति सेनन तथा फिल्म मिमीको पुरा टीम फिल्म बेस्ट बनाउनका लागि पछिल्लो समय धेरै मेहनतमा उत्रीएका थिए । तर उनीहरुको मेहनत बालुवाको पानी सरह भएको छ ।

कृति सेननको फिल्म मिमी रिलीज डेटको चार दिन अघि नै पाइरेटेड प्लाटफर्ममा लीक भएको छ । यस घटनाबाट दुखी भएका फिल्मका निर्देशक लक्ष्मण उतेकरले एक अन्र्तबार्तामा जब फिल्म लीक भएको कुरा थाहा भयो पुरा टीमनै हैरान भएको बताएका छन् ।

कृतिको यो फिल्म ३० जुलाईमा रिलीज हुनेवाला थियो । तर सोमबार साँझ अचानक यो फिल्म अबैधानिक स्ट्रीमिंग प्लार्टफर्मका लीक भयो । लीक भएको खबर केही घण्टा पछि निर्माता दिनेश विजन तथा कृति सेननले यो फिल्म ४ दिन अघि नै रिलीज गर्ने फैसला गरे ।

लीक भएको केही घण्टा भित्रै मिमी नेटफ्लिक्स तथा जियो सिनेमामा प्रशारण गरीएको थियो । यस फिल्मका निर्देशक लक्ष्मण उतेकरले यस घटनाबाट आफुहरु दुःखी भएको बताएका छन् । उनले यस फिल्मका लागि आफुहरुको टीमले कडा मेहनत गरेको बताएका छन् । यस फिल्मलाई एकदमै राम्रो बनाउनका लागि २ बर्ष लागेको उनले बताएका छन् ।

उनले भने– हामीले सिनेमाघर खुल्नका लागि लामो समय सम्म प्रतिक्षा ग¥यौ तर यो स्थितीमा हामीलाई यो फिल्म ओटीटी मा रिलीज गर्नका लागि मजबुर बनाईयो । तर पनि हामी जुनसुकै माध्यमबाट भए पनि दर्शकले हेर्न पाउँछन् भनेर खुशी नै थियौ । तर सोमबार जुन घटना घट्यो यसले हामीलाई अत्यन्तै दुःखी बनाएको छ । हामी अब अझै बढी सावधान हुन आवश्यक छ । कृति सेननले भने यो फिल्म एकदमै छिटो लेभर पेनमा गएको भन्दै रिलीज तोकीए भन्दा अगाडी नै गर्नुपरेको बताएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर