नयाँ बर्ष २०८१ को अवसरमा आइतबार नान्सले भव्य रुपमा पिकनिक कार्यक्रमको आयोजना गर्दै — OSNepal

नयाँ बर्ष २०८१ को अवसरमा आइतबार नान्सले भव्य रुपमा पिकनिक कार्यक्रमको आयोजना गर्दै

admin April 06, 2024 0

क्यालिफोर्निया । संसारभर रहेका नेपालीहरुले आफ्नो मौलीक पन र कला संस्कृतिको जर्गेनाका जहाँ भएता पनि गरेकै छन् । सांस्कृतिक कार्यक्रम होस् वा पिकनिक नै किन नहोस् विश्व भूगोलको दुनिायमा रहेका नेपालीहरु एकजुट भएका कैयौँ उदाहरणहरु छन् । जसमध्येको एक हो नान्सको बृहत्त पिकनिक कार्यक्रम । नेपाली नयाँ बर्ष २०८१ को अवसरमा नर्दन क्यालिफोर्नियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली एशोर्सिशन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले अप्रिल ७ तारेख आइतवार बृहत्त पिकनिकको आयोजना गर्ने भएको छ ।

भव्य रुपमा आयोजना गर्न लागिएको पिकनिक कार्यक्रममा लाइभ संगीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछन् । नयाँ बर्षको अवसरमा नान्सले आयोजना गर्ने पिकनिकमा लोकप्रिय गायिका जुना प्रसाईले आफ्नो प्रस्तुती दिनेछिन् । कार्यक्रममा गायिका प्रसाईका अलावा बे एरिया र वरपर रहेका स्थानीय नेपाली कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने नान्सका अध्यक्ष प्रितेश कार्कीले ओएस नेपाललाई जानकारी दिए ।

पिकनिकमा रिचमण्ड सिटीका मेयर इडुआर्डो मार्टिनेजको बिषेष सहभागीता रहनेछ । पिकनिकमा नेपाली खानाका स्वादिष्ट परिकारहरुका साथै BBQ Local Napa Valley Goat & Chicken को ब्यवस्था गरिएको छ । पिकनिक आइतवार १२ बजेवाट शुरु भई ५ बजेसम्म चल्नेछ । कार्यक्रम ९०० Dornan Dr Richmond मा हुने छ । नान्सले हरेक वर्ष यस्ता रमाइला गतिबिधिसहित सामाजिक काममा अग्रसरता देखाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर