पछिल्लो हप्तादेखी बलिउड अभिनेत्री शिल्पा शेट्टी तथा उनका पति पोर्नाेग्राफी भिडियो काण्डलाई लिएर एकदमै चर्चामा रहेका छन् । अब शिल्पाकी आमाले पुलिसमा धोखाधडीको शिकायत दर्ता गरेकी छिन् । यस मामलामा शिल्पा तथा राज कुन्द्राको कुनै कनेक्सन छैन ।
शिल्पाकी आमा सुनन्दाले यो उजुरी जमीनमा धोखाधडी भएको भन्दै दर्ता गराएकी हुन् । उनले जुहु पुलिस स्टेशनमा सुधाकर घारेका बिरुद्ध उजुरी दर्ता गराएकी हुन् । यो उजुरी जमीन कर्जत जिल्ला रायगडलाई लिएर भएको हो ।
सुनन्दाले २०१९ फेब्रअरी २०२० को समयमा सुधाकरबाट कर्जा बापत एक जमीनको संझौता गरेकी थिईन् । त्यस समय उक्त जमीन आफ्नो भएको बताएर जमीनको नक्कली दस्तावेज बनाएर सुनन्दा बाट १ करोड ६० लाख सुधारले लिएका थिए ।
केही समय पछि मात्र उनलाई यो कुरा थाहा भएको र सुधाकर संग सोधपुछ गरेकी थिईन् । त्यतिबेला आफु एक नेताको नजिकको मान्छे भएको र कोर्टमा मुद्धा हाल्न धम्कि दिएका थिए । यसपछि सुनन्दा कोर्टमा पुगिन् र कोर्टको आदेश अनुसार पुलिसले यस मामलाको जाँच सुरु गरिदिएको छ ।