आनीले बेलायतमा दिने सांगीतिक प्रस्तुतिमा नमस्कार इभेन्टले कार्यक्रमको व्यबस्थापन गर्दै — OSNepal

आनीले बेलायतमा दिने सांगीतिक प्रस्तुतिमा नमस्कार इभेन्टले कार्यक्रमको व्यबस्थापन गर्दै

admin April 08, 2024 0

काठमाडौँ । हिट गीत फुलको आँखामा फुलै संसारकी गायिका आनी छोइङ डोल्माले बेलायतमा दिने सांगीतिक कार्यक्रमको व्यबस्थापनको जिम्मा नमस्कार इभेन्टले गर्ने भएको छ । १ दशक लामो समयदेखि बेलायतमा काम गरिरहेको नमस्कार इभेन्टले कन्सर्ट, वेडिङ, लगायतका साना ठूला इभेन्टहरुको सफल व्यबस्थापन गर्दै आएको छ । विशेष गरेर यस कार्यक्रममा बेलायतमा भइरहेका अन्य कार्यक्रमहरु भन्दा लाइटिङ , साउण्ड लगायत अन्य प्राविधिक पक्षहरु उत्कृष्ठ हुने नमस्कार इभेन्टका निर्देशक अस्विन श्रेष्ठले बताए ।

आगामी मे ५ तारिखका दिन गायिका आनिको बेलायतको क्याम्बर्लि सरे स्थित लेकसाइड इन्टरनेशनल कन्ट्रि पार्कको हलमा विशेष सांगितिक प्रस्तुति रहनेछ । इनर मेलोडि फर इनर पिस नाम दिइएको कार्यक्रम मानव सेवा आश्रम नेपालका लागि आश्रम भवनहरु निर्माणका लागि गर्न लागिएको हो । पछिल्ला दिनमा गायनसँगसँगै सामाजिक काममा पनि विशेष समय दिइरहेकी गायिका आनिले कार्यक्रममा आफ्ना हिट तथा नयाँ पुराना गीतहरु गाउने आयोजकले जनाएको छ । मानवताको संरक्षण र प्रवर्घद्धनका लागि विगत एक दशकदेखि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको यस संस्थाले बि।स। २०८२ सालसम्ममा सहयोगापेक्षि सडक आश्रित मानब मुक्त नेपाल बनाउने लक्ष्य लिएको मानव सेवा आश्रमले जनाएको छ । सोही उद्धेश्य पुरा गर्न लागिएको सांगितिक कार्यक्रमबाट एक करोड ६८ लाख रुपैया संकलन गर्ने लक्ष्य आयोजकको छ ।

नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यतिप्राप्त आनिको विश्वभर प्रशंसक रहेको हुँदा कार्यक्रममा नेपाली दर्शकहरु संगसंगै आध्यत्मिक तथा बौद्ध धर्ममा आस्था राख्ने बेलायत तथा युरोपका दर्शकहरुको पनि सहभागि हुने अपेक्षा गरिएको छ। यस सांगितिक कार्यक्रम विशुद्ध आध्यत्मिक हुने भएकोले कार्यक्रममा कुनै पनि मादक पदार्थ र मांसाहारी खाना उपलब्ध हुने छैन् ।१५ सय दर्शक सहभागी हुने अनुमान गरिएको यस कार्यक्रमलाइ हर तवरबाट उत्कृष्ट बनाउन प्रबिधिक पक्षमा पनि कुनै कमि कमजोरी हुन नदिने आयोजकले प्रतिबद्धता जनाएको छ । सांगीतिक कार्यक्रमको मुख्य अतिथिमा बेलायतका लगि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य रहने छन् भने कार्यक्रम सफल बनाउन संस्थाका संयोजक सुनिल बाबु खड्काको संयोजकत्वमा ३१ सदस्यिय मुल समितिसहित बिभिन्न कार्यगत उपसमितिहरु गठन गरिएको छ। मानव सेवा आश्रमले सात वटै प्रदेशका १९ जिल्लामा २४ सेवाकेन्द्र संचालन गरि हालसम्ममा १० हजार भन्दा बढि मानसिक र शारिरीक रुपमा अशक्त ब्यक्तिहरुलाइ आश्रय प्रदान गरेको छ भने परिवारबाट विच्छेद भएका ३ हजार १ सय ८० जनाको पुनर्मिलन गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर