राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित — OSNepal

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

LC (KTM) April 10, 2024 0

काठमाडौँ, २८ चैतः राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित हुनुभएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो । उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी हुनुभएको थियो । एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गर्नुभयो । यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो ।

उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गर्नुभएको थियो ।सभाको अर्को बैठक यही चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर