फिल्म साइन गर्नु अघि यी बलिउड कलाकार जस्ले गर्छन अजीवको डिमाण्ड — OSNepal

फिल्म साइन गर्नु अघि यी बलिउड कलाकार जस्ले गर्छन अजीवको डिमाण्ड

LC (KTM) July 29, 2021 0

बलिउडमा यस्ता धेरै सेलीब्रेटीहरु रहेका छन् जसले फिल्म उद्योगमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । उनीहरु सबैको फिल्मले बक्स अफिसमा धुम मच्चाएको छ ।ऋतिक रोशन, कंगना रनावत, अक्षयकुमार जस्ता चर्चित अभिनेता तथा अभिनेत्रीहरुले फिल्म साईन गर्नु भन्दा अगाडि कैयौ आफ्नो मागहरु प्रस्तुत गर्ने गरेका छन् ।

उनीहरुको माग यस्तो हुन्छ कि अगाडि कुनै समस्या नआओस । आउनुहोस् आज हामी यस्ता चर्चित सेलीब्रेटीहरु जसका अचम्मका मागका बिषयमा चर्चा गर्दैछौ ।

कंगना रनावत

कंगना रनावत फिल्म साईन गर्नु अघि आफ्नो माग राख्न कहिल्यै हिच्किचाउँदिनन् । उनले आफ्नो अफिसियल कामका लागि असिस्टेन्ट राख्ने गर्छिन् । उनी आफ्नो टीमको सुझाव अनुसार कुनै पनि फैसला लिने गरेकी छिन् ।

ऋतिक रोशन

ऋतिक रोशनलाई अरु कुरामा खासै पीर हुदैन । उनी आफ्नो शारिरीक तन्दुरुस्तीका लागि सधै केयर गर्छन् । ऋतिकको बारेमा यसो भन्ने गरिएको छ कि उनी शुटिंगको बेला शहरमा सबैभन्दा राम्रो जिमको खोजीमा हुन्छन् । किनकी उनी आफ्नो शरिर फिट राख्नका लागि एक निजी ट्रेनरलाई पनि साथै लिएर हिड्ने गर्छन् ।

अक्षय कुमार

अक्षय बलिउडकै बेग्लै स्वभावका नायक रहेका छन् । उनी आफ्नो दिनचर्या लाई एकदमै टाइमटेबल अनुसार गर्दछन् । उनी आफ्नो परिवार संग ज्यादा भन्दा ज्यादा समय बिताउन चाहान्छन् । यही कारण उनी आईतबार कहिल्यै पनि काम गर्दैनन् ।

सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हा बलिउडकी जल्दी बल्दी नायिका हुन् । उनको एउटा अचम्मको शर्त हुने गरेको छ फिल्म साईन गर्नु अघि । सोनाक्षी सिन्हा अनस्क्रिन किसिंग सीन शुट गर्न मान्दिनन् । उनका अनुसार किस सिन दिनको लागि उनलाई एकदमै असहज महसुस हुन्छ ।

आमिर खान

बलिउडमा मिस्टर परफेक्सनिष्टका रुपमा चिनिएका आमिर खानको पनि अचम्मको माग हुन्छ फिल्म साईन गर्नु अघि । फिल्मको शुटिंगको बेला आमिर यो कुराको ध्यान राख्छन् कि लो एंगल शट कहिल्यै पनि नहोस् । किनकी जब शट यसरी लिईन्छ तब उनी आफैलाई एकदमै असहज महसुस गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर