प्रोडक्सन हाउस मेरो फ्यानहरुका लागि उपहार हो, नयाँ अनुहारलाई प्राथमिकतामा राखेकी छु- अभिनेत्री तापसी पन्नु — OSNepal

प्रोडक्सन हाउस मेरो फ्यानहरुका लागि उपहार हो, नयाँ अनुहारलाई प्राथमिकतामा राखेकी छु- अभिनेत्री तापसी पन्नु

LC (KTM) July 29, 2021 0

बलिउड अभिनेत्री तापसी पन्नु पछिल्लो समय चर्चामा छाईरहेकी छिन् । उनी निक्कै प्रष्ट बक्ताको रुपमा देखिन थालेकी छिन् । उनी यस्ती नायिका हुन् जो थोरै समयमा नि सफल बन्न पुगेकी छिन् ।

उनी आफ्नै संघर्षले बलिउडमा स्थापित भएकी छिन् त्यसैले पनि कुनै गडफादर बिना नै बलिउडमा आएका कलाकारका बिषयमा आफ्ना कुराहरु ओजनदार रुपमा राख्ने गरेकी छिन् । सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा नेपोटिज्मको कुरा ब्यापक रुपमा उठेको थियो ।

त्यसमा कंगना रनावतले खरो रुपमा आफ्ना कुरा राखेकी थिईन् भने यी नायिकाले पनि बारम्बार नेपोटिज्म अथाएत नाताबादका बारेमा बिबादास्पद अभिब्यक्ति दिदै आएकी छिन् । यीनै नायिका जस्ले भर्खरै मात्र प्रोडक्सन हाउस खोलेकी छिन् । अब अहिले आएर उनको प्रोडक्सन हाउसलाई नेपोटिज्मको खिलापमा लिईन थालिएको छ ।

बलिउडमा हुनेगरेको नेपोटिज्म अर्थात नाताबाद बिरुद्ध लड्नकै लागि उनले प्रोडक्सन हाउस खोलेको चर्चा सुरु भएको छ । भारतीय एक संचारमाध्यम संग कुरा गर्दै उनले यो कुरालाई ठाडै स्विकार नगरे पनि घुमाउरो शैलीमा स्वीकार गरेकी छिन् ।

उनले बाहिरबाट आएका नयाँ कलाकारलाई मौका र स्थान दिने भए पनि नेपोटिज्म बिरुद्धको लडाई आफ्नो नभएको दाबी गरेकी छिन् । उनले आफुलाई त्यो संघर्षको बेला पनि साथ र माया दिने फिल्म उद्योग भित्रै केही मानिस र आफ्ना फ्यानले उपहार दिएको समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर