जसपाले बनायो महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका समिति — OSNepal

जसपाले बनायो महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका समिति

LC (KTM) April 15, 2024 0

जनता समाजवादी पार्टी (जसपा) नेपाले पार्टी विधान अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार समिति समिति गठन गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।

त्यस्तै बैशाख ३ गते भित्र प्राप्त हुन आएका संगठीत सदस्यहरुको विवरण मात्र राष्ट्रिय महाधिवेशन प्रयोजनको लागी अभिलेख राख्ने निर्णय भएको छ । सङ्गठन विभागले उक्त सङ्गठित पार्टी सदस्यताको अभिलेख तयार गर्दा निम्नानुसारको समय कार्यतालिका अनुसार कार्य गर्नु पर्ने भनिएको छ ।

कार्यतालिका
१. मिति २०८१।०१।१० गते भित्र सङ्गठन विभागले आवश्यकता अनुसार सङ्गठित पार्टी सदस्यता माथि छानबिन गरी अभिलेख तयार गर्ने ।
२. सङ्गठित सदस्यता माथि त्रुटी देखिएमा त्रुटी सच्याउने कार्य मिति २०८१।०१।१५ गते भित्र गरि सक्नु पर्ने छ ।
३. मिति २०८१।०१।१६ गते सङ्गठित पार्टी सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ ।
४. सङ्गठित पार्टी सदस्यता सम्बन्धी उजुरी गर्ने समय मिति २०८१।०१।१७ देखि २०८१।०१।२० गते सम्म गरि सक्नु पर्ने छ ।
५. मिति २०८१।०१।२१ देखि २०८१।०१।२५ गते सम्म सङ्गठित सदस्यता माथि परेका उजुरी माथि छानवीन गरि सक्नु पर्नेछ ।
६. सङ्गठित पार्टी सदस्यहरूको अन्तिम नामावली सहितको विवरण मिति २०८१।०१।२६ गते प्रकाशन गरिनेछ ।
७. मिति २०८१ साल बैशाख ३० गते देखि जेष्ठ १० गते भित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरी सक्नु पर्ने छ ।
८. संगठीत पार्टी सदस्यताको विवरण पठाउदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता संगठीत सदस्यहरुको सदस्यता प्राप्त मिति सहितको विवरण सम्बन्धीत प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धीत प्रदेशले संगठन विभागमा यथाशिघ्र पठाउनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर