समाजमा विकृति ल्याउने, उत्तेजना फैलाउने गीत धेरै टिक्दैन - गायिका सजना — OSNepal

समाजमा विकृति ल्याउने, उत्तेजना फैलाउने गीत धेरै टिक्दैन – गायिका सजना

LC (KTM) July 30, 2021 0

सजना बस्तोला नेपाली सांगीतिक दुनियाँको प्रतिभाशाली नाम हो । उनको जादुमयी स्वरको जति प्रसंसक जत्तिकै उनको सुन्दरताको प्रसंसा गर्नेहरु पनि भेटिन्छन् । श्रीमान र छोरी सहित पोखरामा बस्ने सजनालाई साङ्गीतिक क्षेत्रमा परिबार साथ छ ।

२०६६ पछि मात्रै सांगीतिक दुनियाँमा आएकी उनी पछिल्लो समयकी रुचाईएकी मोडेल समेत हुन् । छोटो समयमै स्टेज पर्फमेन्समा जमेकी सजना सालिन र भद्र गायिकाका रुपमा चिनिन्छिन् ।

सफल भन्दा पनि नेपाली संगीत र समाजको मुल्य,मान्यता बुझेकी असली गायिका हुन्, सजना ।उनले लेखेका, गाएका गीतमा चोट छ, आँसु छ, पीडा र दर्द छ । मिलन – विछोड, घात प्रतिघात छ , त्यो भन्दा बढि प्रेम छ, आशा र रुमानी यादहरु छ्न । उनको म्युजिक भिडियोमा परिबार छ, समाज त्यो भन्दा बढी संस्कृति छ । समग्र देश छ ।

अहिलेसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी उनी गीत रचनामा पनि दक्खल राख्छिन् । लोक, पप, आधुनिक, गजल, भजन देखि डान्सिङ सबै शैलीका गीतमा उनले स्वर दिएकी छन् । छमछमी नाचेकी छिन्, धरधरी रुवाएकी पनि छिन् । म त गीत गाउँदै हिड्ने मान्छे बाट सँगीतिक बजारमा उत्रिएकी ‘भर्सटाइल’ गायिका बस्तोलालाई “नखोज भाउ” चिनायो । याद, रात बित्यो सूर्य उदायो, ज्यान खायो तिम्रै पीरले, डाँडा गाँउकी राममाया लगायत उनले गाएका गीत हुन् ।

मेहनतका साथ संगीत यात्रालाई निरन्तरता दिएकी बास्तोला संचार क्षेत्रमा पनि जोडिएकी छिन् । पोखराकै माछापुच्छ्रे एफएममा उनी लोक दोहोरी गीतको कार्यक्रम चलाउछिन् । गीत गायन, लेखन,मोडलिङमा जमेकी सजना पोखरा टेलीभिजनको दोहोरी जम्काभेटमा हरेक दिन भेटिन्छिन ।

लोक गीत : समाजको गीत

गीतकार समेत रहेकी गायिका बास्तोलाले लोक गीतलाई समाजको गीतको रुपमा अर्थ्याइन् । “लोकगीत समाजको गीत हो यो समाजले गाएको हुन्छ, समाजले बँचाएको हुन्छ ” उनले भनिन् समुदायको साझा पहिचान पनि भएकाले लोकगीत पूस्तौ पूस्तादेखि हस्तातरित हुदै आएको सांस्कृति हो ।

चर्चाका लागि अनेक उपाय अपनाउने शैली उनलाई मन पर्दैन । गीत, संगीत मनोरञ्जनको माध्यम भए पनि मनोरञ्जनका नाममा उत्तेजना फैलाउने प्रवृत्तिका गीत घातक हुने उनको बुझाइ छ । ‘गायक वा गायिकाले कला र गला देखाउने हो’, बास्तोला भन्छिन्, ‘समाजमा विकृति ल्याउने, उत्तेजना फैलाउने गीत धेरै टिक्दैन ।’ बर्खामा जहाँ पनि भेल आउने कुराप्रति संकेत गर्दै उनी भन्छिन्, ‘कला, साहित्य, संगीत भनेको जीवन्त, शालीन र मधुर हुनुपर्छ ।’ नेपाली गीतसंगीत सँगसँगै नेपाली संस्कृति पनि जोगाउनुपर्छ भन्ने भावना बोकेकी सजनाको आफ्नै रचनामा एउटा फरक शैलीको गीत ” बैगुनी” चाडै श्रोता,दर्शनमाझ आउदैं छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर