विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा — OSNepal

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

LC (KTM) April 21, 2024 0

मोरङ-पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदनमा सनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २-० गोल अन्तरले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो ।

जितका लागि विराटनगरको तर्फबाट बिजु भुजेलले दुई गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भई भुजेलले नगद रु तीन हजार प्राप्त गरे । खेलको दोस्रो हाफको ५५औँ र ६२औँ मिनेटमा भुजेलले दुई गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनकै गोलले टिम सेमिफाइनलमा पुग्न सफल भयो ।
चौथो संस्करणको रुपमा सञ्चालित प्रतियोगितामा आइतबारको खेलमा टिडब्लु विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर