बागमती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा : मुख्यमन्त्री जम्कट्टेल — OSNepal

बागमती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा : मुख्यमन्त्री जम्कट्टेल

LC (KTM) April 22, 2024 0

मनहरी (मकवानपुर) – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको दिनुभएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका प्रतिधिसँग आइतबार हेटौँडामा भएको छलफलमा उहाँले कला, संस्कृति संरक्षण गर्ने ऐन पनि तत्काल मस्यौदा हुने जानकारी दिनुभयो ।

बागमती प्रदेशमा बहुसङ्ख्यकले बोल्ने तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजका रूपमा कार्यान्वयन भएको घोषणा गरिने तयारी भएको जानकारी उहाँले भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर एक सय १९ स्थानीय तह र एक हजार एक सय २१ वटा वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ,“सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा भाषा विधेयक हो । प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पारित हुन्छ ।”छलफलमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, लगायत नेवाः राष्ट्रिय मुक्ति मोर्चाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर