साउन १५ का अवसर पारेर एमालेले पार्टी कार्यालयमा खीर खुवाउने — OSNepal

साउन १५ का अवसर पारेर एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

LC (KTM) July 30, 2021 0

काठमाडौं- साउन १५ का अवसर पारेर नेकपा एमालेले पार्टी कार्यालयमा खीर खुवाउने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले साउन १५ का अवसरमा खीर खुवाउने कार्यक्रम राखिएको बताए ।

तामाङले र नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको बताए ।

नेपाली किसानहरूले असार १५ मा दही चिउरा खाएर रोपाई गर्ने गर्छन् भने रोपाई सकिएर फुर्सद हुने भएपछि साउन १५ मा खीर खाने चलन रही आएको छ ।यसको आफ्नै सास्कृतिक महत्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर