शिल्पालाई पट्याउनकै लागि राज कुन्द्राले बुर्ज खालिफामा एक आलीशान अर्पाटमेन्ट खरीद गरेर शिल्पालाई दिएका थिए गिफ्ट — OSNepal

शिल्पालाई पट्याउनकै लागि राज कुन्द्राले बुर्ज खालिफामा एक आलीशान अर्पाटमेन्ट खरीद गरेर शिल्पालाई दिएका थिए गिफ्ट

LC (KTM) July 30, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टी यतिबेला एकदमै चर्चामा रहेकी छिन् । शिल्पाको पति राज कुन्द्रा पोर्न फिल्मको कारोबारमा संलग्न भएको भन्दै यतिबेला जेलमा रहेका छन् । यहि बिषयलाई लिएर शिल्पा संग पनि सोधपुछ भईसकेको छ ।

तर आज हामी तपाईलाई यस केसका बिषयमा नभएर यी दुबैजनाको लभस्टोरीका बिषयमा कुरा गर्दैछौ । राजलाई पहिलो पटक देख्ने बित्तिकै शिल्पा उनी संग फिदा भएकी थिईन् । तर पछि शिल्पालाई राज कुन्द्रा बिबाहीत भएको थाहा भयो त्यतिबेला एकदमै गतिलो झट्का लागेको थियो । शिल्पा भन्दा पहिला राजको बिबाह कबिता संग भएको थियो ।

तर उनीहरु दुबै जनाको बैबाहिक जिवन लामो समय सम्म टिक्न सकेन । भारतीय मिडियाको दाबी अनुसार शिल्पाले पहिलो नजरमै आफ्नो दिल राजलाई सुम्पेकी थिईन् । उनीहरु दुबै जनाको पहिलो भेट बिजनेसको सिलसिलामा भएको थियो । परफ्युम ब्राण्ड एस टु को प्रमोशनको सिलसिलामा शिल्पा र राजको पहिलो पटक भेट भएको थियो ।

यो भेट एकदमै छिटो मायामा बदलिएको थियो । शिल्पालाई प्रभावित पार्नका लागि राजले कुनै कसर बाँकि राखेका थिएनन् । यति सम्म गरेका थिए कि शिल्पालाई आफुतिर आकर्षित गर्नका लागि उनले अमिताभ बच्चनको घरको छेउमै एक घर समेत किनेका थिए ।

त्यतिमात्र हैन बुर्ज खालिफामा पनि एक आलीशान अर्पाटमेन्ट खरीद गरेर उनलाई गिफ्ट गरेका थिए । राजले शिल्पालाई आइफाको समारोहका बेला प्रपोज गरेका थिए । राज तथा शिल्पाको बिबाह सन् २००९ मा भएको थियो । उनीहरुको दुई सन्तान बिवान र समीषा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर