बिग बोसको सिजन १५ मा आउँदैछन् बलिया प्रतिष्पर्धी अर्जुन बिजलानी — OSNepal

बिग बोसको सिजन १५ मा आउँदैछन् बलिया प्रतिष्पर्धी अर्जुन बिजलानी

LC (KTM) July 30, 2021 0

कलर्स टेलिभिजनमा मा आउने रियालीटी शो बिग बोसको सिजन १५ चाँडै आउँदैछ । यस शो मा भाग लिने प्रतिष्पर्धीहरुको नाम थाहा पाउन सबै प्रतिक्षारत रहेका छन् । अहिले सम्म बिग बोसमा आउने प्रतिष्पर्धीहरुको धेरैको नाम आईसकेको छ ।

यस मध्ये एक हुन् खतरो के खिलागीका प्रतिष्पर्धी अर्जुन बिजलानी । उनले खतरो के खिलाडीको शुटिंग सकेर वापस आईसकेका छन् । हल्ला यो छ कि यस शो को बिजेता समेत उनी बनिसकेका छन् तर यो प्रशारण पछि नै थाहा हुन्छ ।

तर यता बिग बोसमा अर्जुन बिजुली नै बाल्ने तयारीमा रहेका छन् । अर्जुन बिजलानी भारतीय टेलिभिजनमा जानिएका कलाकार हुन् । उनी धेरै चर्चित सीरियलमा समेत काम गरीसकेका छन् ।

उनले इश्क मे मरजावा तथा एकता कपुरको शो नागिन जस्ता सीरियलमा प्रमुख भुमीकामा देखिएका छन् । उनी कतिपय रियालीटि शो को होस्ट समेत बनिसकेका छन् । अर्जुन बिजलानीको जन्म ३१ अक्टोबर १९८२ मा मुम्बइको सिंधी परिवारमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर