रघुजी पन्तको दावी -'नेकपा पार्टी र एमाले फुट्नुमा ओली मुख्य कारक ' — OSNepal

रघुजी पन्तको दावी -‘नेकपा पार्टी र एमाले फुट्नुमा ओली मुख्य कारक ‘

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । नेकपा (एमाले) का नेता रघुजी पन्तले अध्यक्ष केपी शर्मा ओलीकै कारण सरकार ढलेको आरोप लगाएका छन् ।

आज विहान एक कार्यक्रम सहभागी भएका पन्तले सरकार ढल्नुमा वरिष्ठ नेता माधव नेपालको हात नभई ओली नै दोषी रहेको स्पष्ट पारेका छन् । झण्डै दुई तिहाईनजिकको बहुमतको सरकार ढाल्ने काम ओलीबाटै भएको नेता पन्तको तर्क रहेको छ ।

कायक्रममा उनले भनेका छन्, ‘भैरहेका सहमति, र अन्तरपार्टी निर्देशनलाई कार्यान्वयन नगर्दा नेकपा फुट्यो । र, एमाले र माओवादीमा विभाजित भयो । त्यही भएर उहाँकै कारण झण्डै दुई तिहाई बहुमतको सरकार अल्पमतमा आयो । त्यसपछि आएर पार्टी फुट्यो । यो सबै त उहाँले गरेको गल्ती हो । यसलाई त उहाँले पनि फर्केर हेर्नुपर्यो नि ।’

नेकपा पार्टी र एमाले फुट्नुमा ओलीकै हात रहेको कार्यक्रममा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर