नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कमिटी बैठक १० दिनपछि सर्यो — OSNepal

नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कमिटी बैठक १० दिनपछि सर्यो

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कमिटी बैठक १० दिनपछि सारेको छ । आज आइतबार बसेको स्थायी कमिटिको बैठकले यो निणर्य गरेको हो ।

आउँदो साउन २० गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक अब साउन ३० गतेलाई तय गरिएको जनाइएको छ ।

छ हजार सात सय ४३ वटा वडामा साउन ३० गतेभित्र पार्टीको वडा कमिटी गठन गर्न समेत मातहात कमिटीलाई आजको बैठकले निर्देशन दिएको छ ।

गठन गरेको वडा कमिटिको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर