भारतको मध्यप्रदेशमा अचार स्वादिलो नभएपछि श्रीमान्ले गरे श्रीमतीको ह त्या , श्रीमान् फरार — OSNepal

भारतको मध्यप्रदेशमा अचार स्वादिलो नभएपछि श्रीमान्ले गरे श्रीमतीको ह त्या , श्रीमान् फरार

LC (KTM) August 01, 2021 0

भारतको मध्य प्रदेशका एउटा अनौठो घटना घटेको छ । जुन घटना सुन्दा सबै छक्क परेका छन् । मध्यप्रदेशमा एक पतिले आफ्नो पत्नीको ह त्या गरेका छन् त्यो पनि उसले बनाएको अचार स्वादीलो भएन भनेर । यो घटना मध्य प्रदेश दतिया जिल्लाको हो ।

दतियाको बडौनी एसडीओपी दीपक नायकका अनुसार आइतबार आज बिहान १०० मा आएको सुचना अनुसार उपरायं गाउँमा आनन्द गुप्ता नामका एक ब्यक्तिले आफ्नो पत्नीको ह त्या गर्छन् । यस घटना लगत्तै गोराघाट थाना बाट प्रहरी घटनास्थल पुग्छ ।

घरमा आनन्दकी पत्नी प्रीति रगतले लतपतिएको अवस्थामा भेटिन्छिन् साथमा उनको टाउकोमा समेत गहिरो चोट लागेको प्रहरीले देख्छ । परिवारका अन्य सदस्यहरु संग प्रहरीले सोधपुछ गर्छ । आनन्दको घरको मुनी नास्ताको दोकान छ जहाँ समोसा कचौडी बेच्ने गरिएको थियो ।

आईतबार सधै झै बिहान समोसा कचौडी तथा चटनी बनेको थियो । करिब बिहानै ६ बजे पति पत्नीबीच चटनीलाई लिएर बिबाद सुरु हुन्छ । परिवारका अन्य सदस्यहरुका अनुसार आनन्दलाई चटनीको स्वाद मन पर्दैन अनि आफ्नो पत्नि संग बिबाद सुरु गर्छन् ।

बिबाद बढेपछि रिसको झ्वाँकमा आनन्दले छेउमै भएको सामानले पत्नीको टाउको तथा घाँटीमा प्रहार गर्छन् । पत्नीको टाउकोमा गंभीर चोट लागेर खुन बग्न थाल्छ । उनको त्यतिकैमा ज्यान जान्छ ।

उनीहरुको बिबाह भएको धेरै बर्ष भईसकेको थियो । उनीहरुको दुई छोरा छोरी उक्त घटना हुँदा घरमै रहेको प्रहरीले जनाएको छ । घटनास्थलमै ज्यान गएपछि पति फरार भएका थिए । उनलाई पुलिसले खोजी गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर