पार्टी जेठ २ को अवस्थामा गइसकेकाले ९औं महाधिवेशनले दुई अध्यक्षको व्यवस्था गरेको छैन :ईश्वार पोखरेल — OSNepal

पार्टी जेठ २ को अवस्थामा गइसकेकाले ९औं महाधिवेशनले दुई अध्यक्षको व्यवस्था गरेको छैन :ईश्वार पोखरेल

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । नेकपा एमालेका महासचिव ईश्वार पोखरेलले एमालेले देशभरका सबै पालिकाको अधिवेशन असोज ९ सम्म गरिसक्ने निर्णय गरेको बताएका छन् ।

आज आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

आज बैठकमा विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरण समबन्धमा छलफल भएको बताएका पोखरेलले आजको बैठकले भोली पनि निरन्तरता पाउने समेत जनाएका छन् ।

पार्टी जेठ २ २०७५ को अवस्थामा गइसकेकाले एमालेको ९औं महाधिवेशनले दुई अध्यक्षको व्यवस्था नगरेको दावी समेत गरेका छन् । बैठकमा उपाध्यक्ष वामदेव गौतमको पनि सहभागिता रहेको थियो ।

अब एमालेको केन्द्रिय कमिटिको बैठक साउन २४ गतेलाई बोलाइएको पनि उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर