पोर्नाेग्राफी केसमा अर्काे ट्वीस्ट , पुलिसले राज कुन्द्रा र एकता कपुरलाई जानी जानी फसाउन दबाब दिएको अभिनेत्री गहनाको दाबी — OSNepal

पोर्नाेग्राफी केसमा अर्काे ट्वीस्ट , पुलिसले राज कुन्द्रा र एकता कपुरलाई जानी जानी फसाउन दबाब दिएको अभिनेत्री गहनाको दाबी

LC (KTM) August 01, 2021 0

राज कुन्द्रा पोर्नाेग्राफी मामलामा मुम्बई क्राइम ब्रान्च एकदमै जुटिरहेको छ । क्राइम ब्रान्चको टोलीले एक पछि अर्काे सनसनीपुर्ण खुलासाहरु गरिरहेको छ । यस मामला संग जोडिएको अर्काे चर्चित नाम गहना बशिष्ट रहेको छ ।

हालै अभिनेत्री गहनाले इण्डिया टुडे संगको कुराकानीमा पुलिसकै सनसनी पुर्ण खुलासा गरेर सबैलाई चकित पारिदिएकी छिन् । आफुलाई पुलिसले एकदमै प्रेशर दिएको र यस मामलामा राज कुन्द्रा सहित एकता कपुरको पनि नाम लिन दबाब दिएको खुलासा गरेकी छिन् । त्यस्तै उनले अरु गोप्य कुराहरु समेत खोलेकी छिन् ।

अभिनेत्री गहनाले अन्र्तबार्ताका क्रममा भनिन्– पुलिसले म संग यस मामला बाट बच्नको लागि फेब्रअरी मा १५ लाख रुपैया मागेको थियो । यदि मैले यति रुपैया दिएको थिए भने शायद म जेलमा जानु पर्दैन थियो । यश ठाकुर तथा तनबीर हाशमीको ह्वाट्सअप च्याटमा यो खुलासा भएको थियो कि पुलिसको माग ८ लाख रुपैयाको बन्दोबस्त गरिएको थियो पनि ।

उनले भनेकी छिन् – मैले रुपैया दिईन् किनकी मलाई लाग्यो मैले केही गलत गरेको छैन । जुन भिडियो हामी बनाउने गरेका थियौ त्यो बोल्ड कन्टेन्ट थियो तर पोर्न थिएन् । मैले पुलिस संग पनि भनेको थिए राजले कुनै पनि गल्ती गरेको छैन । पुलिसले मलाई जेलमा राहत मिल्ने भन्दै धेरै लोभ देखाए तर मैले जेलमै रहन ठिक संझिए । त्यसैले ५ महिना जेलमै बिताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर