शिल्पाको ठाउँमा सुपर डान्सर च्याप्टर ४ को जज बन्न अभिनेत्री रवीना टण्डनद्धारा अस्वीकार , आखिर मामला यस्तो रहेछ — OSNepal

शिल्पाको ठाउँमा सुपर डान्सर च्याप्टर ४ को जज बन्न अभिनेत्री रवीना टण्डनद्धारा अस्वीकार , आखिर मामला यस्तो रहेछ

LC (KTM) August 01, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टी यतिबेला पति राज कुन्द्राको हर्कतका कारण एकदमै तनावमा रहेकी छिन् । उनका पति राज पोर्नाेग्राफी मुद्धामा फसेपछि उनी यतिबेला तनावमा देखिएकी हुन् । शिल्पा अहिले एक किसिम गुप्तबास जस्तै छिन् ।

उनी डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर ४ बाट गायब नै भएकी छिन् । उनको हालै रिलीज भएको फिल्म हंगामा २ लाई पनि यस केसको पुरै असर परेको छ । सुपर डान्सर च्याप्टर ४ का लागि भने एउटा नयाँ खबर आएको छ ।

सुपर डान्सर च्याप्टर ४ को टिम शिल्पाको ठाउँमा नयाँ जजको खोजी गरिरहेको छ । निर्माण पक्षले नयाँ जजको लागि अभिनेत्री रवीना टण्डनलाई अफर गरेको थियो । तर उनले यो अफर अस्वीकार गरेकी छिन् ।

शो मा आउन गरीन् अस्वीकार

टाइम्स अफ इण्डियाका अनुसार यस शो को निर्माण पक्षले रवीना संग सम्पर्क गरेको थियो । तर अभिनेत्रीले जज बन्नका लागि अस्वीकार गरेकी छिन् । रवीनाले शिल्पाको ठाउँमा आफु आएको जस्तो हुने भन्दै प्रस्ताव अस्वीकार गरेकी हुन् ।

उनको इच्छा यो शो मा फेरी शिल्पा नै आउनु पर्छ । रवीना यतिबेला देश बाहिर रहेकी छिन् । अब उनी आउने महिना फर्कदैछिन् । यस शो मा शिल्पाको ठाउँमा गेस्ट जजहरु आईरहेका छन् ।

यसअघि करिश्मा कपुर, रितेश देशमुख र जेनिलिया देशमुख लाई बोलाईएको छ । आगामी एपिसोडका लागि सोनाली बेन्द्रे र मौसमी चटर्जी आउने पक्का भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर