पति राज कुन्द्राका कारण अभिनेत्री शिल्पा लाई करोडौको घाटा, सुपर डान्सर च्याप्टर ४ बाट मात्रै २ करोडको नोक्सानी — OSNepal

पति राज कुन्द्राका कारण अभिनेत्री शिल्पा लाई करोडौको घाटा, सुपर डान्सर च्याप्टर ४ बाट मात्रै २ करोडको नोक्सानी

LC (KTM) August 01, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टी यतिबेला पति राज कुन्द्राको हर्कतका कारण एकदमै तनावमा रहेकी छिन् । उनका पति राज पोर्नाेग्राफी मुद्धामा फसेपछि उनी यतिबेला तनावमा देखिएकी हुन् । शिल्पा अहिले एक किसिम गुप्तबास जस्तै छिन् । उनी डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर ४ बाट गायब नै भएकी छिन् ।

उनको हालै रिलीज भएको फिल्म हंगामा २ लाई पनि यस केसको पुरै असर परेको छ । पतिकै कारण उनलाई एकदमै ठुलो आर्थिक नोक्सानी समेत भएको छ । उनको फिल्म हंगामाले राम्रो हंगामा मच्चाउन सकेन भने यता डान्स रियालीटी शो बाट पनि उनलाई ठुलै नोक्सानी बेहोर्नु परिरहेको छ ।

शिल्पाले हरेक एपिसोडको २० लाख रुपैया पारश्रमिक लिने गरेकी थिइन् । आफ्नो श्रीमान् पुलिसको फन्दामा परे देखी नै उनी शो मा देखिएकी छैनन् । यसका कारण उनले करिब २ करोड भन्दा बढीको आर्थिक नोक्सानी ब्यहोर्नु परिरहेको छ । उनी यस शो मा सबैभन्दा बढी पैसा लिने जजमा पर्छिन् ।

प्रत्येक साता २ एपिसोड हुने यस शो गुमाउँदा मात्रै उनलाई करोडौको घाटा भएको छ । सुपर डान्सर च्याप्टर ४ को टिम शिल्पाको ठाउँमा नयाँ जजको खोजी गरिरहेको छ । निर्माण पक्षले नयाँ जजको लागि अभिनेत्री रवीना टण्डनलाई अफर गरेको थियो । तर उनले यो अफर अस्वीकार गरेकी छिन् ।

टाइम्स अफ इण्डियाका अनुसार यस शो को निर्माण पक्षले रवीना संग सम्पर्क गरेको थियो । तर अभिनेत्रीले जज बन्नका लागि अस्वीकार गरेकी छिन् । रवीनाले शिल्पाको ठाउँमा आफु आएको जस्तो हुने भन्दै प्रस्ताव अस्वीकार गरेकी हुन् । उनको इच्छा यो शो मा फेरी शिल्पा नै आउनु पर्छ । रवीना यतिबेला देश बाहिर रहेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर