बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहानाले आखिर के गरीन यस्तो ? फ्यान भए हेरेको हेर्रै — OSNepal

बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहानाले आखिर के गरीन यस्तो ? फ्यान भए हेरेको हेर्रै

LC (KTM) August 02, 2021 0

बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान सामाजिक सञ्जालको एक सनसनी मच्चाउने पात्र हुन् । सुहाना इन्ष्टाग्राममा एकदमै सक्रिय रहने गरेकी छिन् । कुनै न कुनै तस्बिर उनले इन्ष्टामा शेयर गरिनै रहेकी हुन्छिन् ।

सुहानाले यसपटक भने अलि फरक फोटो हालेकी छिन् । उनले आफैले बनाएको एउटा खास चित्र हालेकी छिन् । उक्त चित्र सुहाना खानकी आमा गौरी खानको हो । सुहानाले आफ्नो इन्ष्टामा आफ्नो चित्र कोर्ने कला पनि फ्यानहरुलाई देखाएकी छिन् ।

उनले आफ्नी आमा गौरीको स्केच बनाएकी हुन् । यो चित्र राम्रो त छैन तर पनि गौरीका लागि एकदमै महत्वपुर्ण रहेको छ । सुहानाले स्केचको भिडियो शेयर गर्दै लेखेकी छिन्– आमा ।

उनले गौरी खानलाई ट्याग पनि गरेकी छिन् । त्यस्तै आमा गौरीले छोरी सुहानाले बनाएको स्केचलाई आफ्नो इन्ष्टाग्राम स्टोरीमा शेयर गरेकी छिन् । उनको यो स्केच बनाएको भिडियो अहिले एकदमै भाइरल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर