भ्वाइसका कोच राजुको टिमबाट पहिलो पटक टप फोरमा महिला प्रतिस्पर्धी पुगेपछि खुशीले फुरुगं छन् — OSNepal

भ्वाइसका कोच राजुको टिमबाट पहिलो पटक टप फोरमा महिला प्रतिस्पर्धी पुगेपछि खुशीले फुरुगं छन्

LC (KTM) August 02, 2021 0

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट ४ प्रतिस्पर्धी छानिएका छन्। शुक्रबार भएको सेफिफाइनलबाट चार जना कोचका १-१ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन्।

फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, टीम राजुबाट तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन्। धेरै भोट पाएको आधारमा आर्यन टीम दीपबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् भने तारा टीम राजु तथा ज्वाला टीम तृष्णा र किरण टीम प्रमोदबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् ।

यस्तै अन्तिम ४ को दावेदारको रुपमा रहेका टीम दीपबाट गोविन पुन बाहिरिए भने सोनाम शेर्पा बाहिरिए । यसैगरी टीम तृष्णाबाट अफ्रिता खड्गी र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिए । रवीन सिक्किमबाट भ्वाइस अफ नेपालमा आएका थिए ।

चारवटै टीमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन जहाँबाट एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर