सलमानसँग इमरानको भीडन्त ! — OSNepal

सलमानसँग इमरानको भीडन्त !

LC (KTM) August 02, 2021 0

एजेन्सी-सलमान खानको आगामी चलचित्र टाइगर ३ मा इमरान हासमी पनि देखिदैछन् । फिल्ममा काम गर्न उनले ठूलो मेहनत गरेको बताइएको छ । यसका लागि उनले शरीरमा ठूलो परिवर्तन ल्याएका छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको एउटा तस्बिरले निकै चर्चा बटुलिरहेको छ ।यसका लागि उनी जिम जाने र नियमित व्यायाम गरिरहेका छन् ।

रोमान्टिक हिरोका रुपमा परिचित उनीरियल किसर’ को उपमा नै पाएका छन् । आज भोली कथावस्तुलाई ध्यान दिन थालेका उनी ठूला प्रोजेक्टको हिस्सा बन्न शुरु गरेका हुन् । टाइगर ३ सलमान खानको सुपरहिट फ्रान्चाइज एक था टाइगरको तेस्रो संस्करण हो । जसमा सुन्दरी नायिका कट्रिना कैफको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर