आफुहरु माओवादीकै नेता हो भन्दै सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई आज — OSNepal

आफुहरु माओवादीकै नेता हो भन्दै सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई आज

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ साउन पुर्व चार माओवादीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई आज हुने भएको छ ।

आफु माओवादीकै नेता हो भन्दै सासंद पद पुन नियुक्तको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले गत फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि माओवादी केन्द्र छाडी एमाले तिर लागेका यी चारै जनाको माओवादी केन्द्रका कारवाहीमा सांसद पद तथा मन्त्री पद गएको हो ।

आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहको सुनुवाई गर्ने भएको छ ।

आफुलाई माओवादी कै नेता भएको भन्दै एमालेमा प्रवेश नगरेको दावीका साथ सर्वोच्च पुगेका यो समुह हिजो आइतबार नेकपा एमालेको स्थायी कमिटिको बैठक भने सहभागी भएको थियो ।

पहिलो पटक तो िकएको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने, दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर