क्रिकेटर विराट कोहलीकी पूर्वप्रेमिका एकाएक कसरी बनिन् सामाजिक संजालमा भाइरल ? — OSNepal

क्रिकेटर विराट कोहलीकी पूर्वप्रेमिका एकाएक कसरी बनिन् सामाजिक संजालमा भाइरल ?

LC (KTM) August 02, 2021 0

काठमाडौं। क्रिकेटर विराट कोहलीकी पुर्व प्रेमीका हुन् इजाबेल लेइटे । उनी अनुष्कासँग प्रेममा पर्नु अघि इजाबेलको गहिरो प्रेममा थिए । ब्राजिलियन अभिनेत्री तथा मोडल इजाबेलसँग विराट २०१२ देखि २०१४ सम्मप्रेममा परेका थिए । यद्यपी त्यति बेला यि दुइले आफ्नो प्रेम स्विकारेनन् । ब्रेकअप पछि भने एक अन्तरवार्तामा विराटसँग आफ्नो सम्बन्ध भएको स्वीकार गरेकी थिइन् ।

उनले आफूहरु २ वर्ष सम्बन्धमा रहेको र समझदारीमै सम्बन्ध अन्त्य भएको बताएकी थिइन् । उनले हिन्दी फिल्म उद्योगमा पनि काम गरेकी छिन् । इजाबेलले २०१२ मा फिल्म तलाशबाट अभिनय डेब्यू गरेकी थिइन् ।

२०१३ मा फिल्म सिक्सटिन र २०१४ मा फिल्म पुरानी जिन्समा काम गरेपछि इजाबेल चर्चामा आएकी थिइन् । इजाबेलले ल्याक्मे ब्युटी प्रोडक्ट, प्रोक्टर एण्ड ग्याम्बल समेत कैयौं विज्ञापनमा पनि देखिएको छ ।

त्यसपछि इजाबेल दक्षिण भारतीय फिल्ममा काम गर्न थालिन् । उनले तेलुगु फिल्म नरेन्द्र, मिस्टर मजनु, वर्ल्ड फेमस लभरमा काम गरेकी छिन् । इजाबेल अहिले सामाजिक संजालमा भाइरल बनेकी छन् । विराटको सम्बन्धको अत्याधिक चर्चा चलेकी अभिनेत्री इजाबेल लेइटे अहिले अचानक भाइरल भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर