अभिनेत्री शिल्पा रिसले आगो हुदै भन्छिन्– मलाई मिडिया ट्रायलको जरुरत छैन , कानुनलाई काम गर्न दिनुहोस् — OSNepal

अभिनेत्री शिल्पा रिसले आगो हुदै भन्छिन्– मलाई मिडिया ट्रायलको जरुरत छैन , कानुनलाई काम गर्न दिनुहोस्

LC (KTM) August 02, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टी अहिले एकदमै खराब समय बाट गुज्रीरहेकी छिन् । शिल्पाका पति राज कुन्द्रा पोर्नाेग्राफी केसमा जेलमा रहेका छन् । यसै बिषयमा शिल्पा शेट्टी माथी धेरै आरोपहरु आएका छन् भने धेरै हल्लाहरु पनि आईरहेका छन् ।

शिल्पाले यी सबै कुराका साथ आफ्नो ट्रोलको बिषयमा पनि एक बयान जारी गरेकी छिन् । यस बयानमा उनले अहिले पनि चुप रहेको र पछि पनि चुप रहने भन्दै साँचो कुरा समय संगै आउने भन्दै सबै माझ सन्देश दिएकी छिन् ।

शिल्पाको बयान यस्तो छ

शिल्पाले एक लामो नोट लेख्दै यस्तो बयान प्रकट गरेकी छिन् । उनले लेखेकी छिन्– पक्कै पनि पछिल्ला केही दिन हरेक तवरले मुश्किलले भरिएको छ । कतिपय अफवाह तथा आरोप म माथि लागेको छ । मीडिया तथा मेरो शुभचिन्तकले मेरो बारेमा कैयौ कुराहरु गरेका छन् । मलाई मात्र हैन मेरो परिवारलाई पनि ट्रोल गरिएको छ ।

साथै हामी माथि सवाल समेत उठाइएको छ । मेरो स्ट्याण्ड यो छ कि मैले अहिले सम्म केही भनेको छैन साथै यस बिषयमा मेरो नाममा झुठो कुरा नबनाउनुहोला । उनले अघि भनेकि छिन्– एक सेलीब्रेटी हुनुका कारण मेरो एउटा फिलोसपी रहेको छ । कहिले गुनासो नगर तथा कहिले सफाई पनि नदेउ ।

म यहि भन्न चाहान्छु कि अहिले जाँच भईरहेको छ । मलाई मुम्बई पुलिस तथा भारतको न्यायलय प्रति भरोसा छ । एक परिवारको हिसाबले हामीले कानुनी सहयोग लिईरहेका छौ । तर तब सम्म म तपाईहरु माझ यो आग्रह गर्न चाहान्छु कि खासमा एक आमाको हिसाबले हाम्रो बच्चाका लागि हाम्रो परिवारको प्राइवेसीलाई सम्मान गर्दिनुहोला ।

म यो पनि आग्रह गर्दछु कि आधा उधी जानकारीमाथि बिना सत्यता कमेन्ट गर्न बन्द गर्दिनुहोला । मलाई मिडिया ट्रायलको जरुरत छैन । कृपया कानुनलाई आफ्नो काम गर्न दिनुहोस् । सत्यमेव जयते ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर