बुढो रुख चिर्ने क्रममा वर्षौ पुरानो कुकुरको कंकाल अड्कीएको देखियो — OSNepal

बुढो रुख चिर्ने क्रममा वर्षौ पुरानो कुकुरको कंकाल अड्कीएको देखियो

LC (KTM) August 04, 2021 0

एजेन्सी – जर्जियाको जंगलमा काठ चिर्ने क्रममा २० वर्षदेखि अड्किएको कुकुरको कंकाल फेला परेको छ ।वर्षौं पहिलेको रुखको मुडा काटिरहेका ति मानिसहरुले त्यस काठभित्र चिदै जाँदा एक्कासी अनौठो आकृति देख्दा झस्किएर भागेपछि बैज्ञानिकहरुले त्यसका विषयमा अनुसन्धान भइरहेको जनाएका छन् ।

बैज्ञानिकहरुका अनुसार उक्त कुकुरको कंकाल रुखको मुडाको मध्यभागमा बसेको त्यस कंकाल रुखको कारणले ठोस वस्तुजस्तै बनेको थियो ।उक्त मुडाभित्रको त्यस कंकाललाई देखेर वैज्ञानिकहरु पनि त्यो कसरी त्यहाँ आइपुग्यो भन्ने विषयमा चकित छन् ।

यो पनि : भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि : सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो ।

गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो ।

आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइट धधध।खबअअष्लभ।mयजउ।नयख।लउ मा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर