सेक्सी नायिका दिशा पटानी संग उठबसमा रहेका अभिनेता टाइगर श्राफ भन्छन् - म अहिले पनि भर्जिन नै छु — OSNepal

सेक्सी नायिका दिशा पटानी संग उठबसमा रहेका अभिनेता टाइगर श्राफ भन्छन् – म अहिले पनि भर्जिन नै छु

LC (KTM) August 04, 2021 0

बलिउड अभिनेता तथा एक्सन किंग टाइगर श्राफले आफ्नो पहिलो फिल्म बाटै सबैलाई यो भरोसा दिलाएका थिए कि उनी एक शानदार कलाकार हुन् । टाइगर आफ्नो डान्सलाई लिएर सधै चर्चामा रहने गरेका छन् । बाहिर हत्तपत्त नबोल्ने टाइगरले आफ्नो बारेमा यस्तो गोप्य कुरा खुलाएका छन् जसलाई लिएर सवत्र्र चर्चा चुलिएको छ ।

बलिउड अभिनेता अरबाज खान पिंच २ को दोस्रो सिजनको होस्ट गरिरहेका छन् । अरबाजको शो मा फिल्म जगतमा ठुला ठुला सेलीब्रेटीहरु आउने गरेका छन् । आरवाज आफ्नो यो शो मा ट्रोल तथा सामाजिक सञ्जालमा आएका आलोचनाहरु प्रति पाहुनाको रिएक्शन जान्ने कोशिश गर्ने गर्छन् । अरवाजको शो को नयाँ पाहुना अभिनेता टाइगर बनेका छन् ।

हालै यो शो को टिजर बाहिर आएको छ । जसमा टाइगरले ट्रोल्स तथा हेटर्सहरुका बारेमा आफ्नो राय प्रकट गरेका छन् । शो को प्रोमोमा अरवाजले यो भनेका छन् कि टाइगरको पहिलो फिल्म रिलीज भन्दा अघि ब्यक्तिहरु उनको लुक्सलाई लिएर ट्रोल गरेका थिए कि उनी आफ्नो पिता ज्याकी जस्तो छैनन् । यो सबै कुराका बिच टाइगरले आफ्नो बारेमा यस्तो खुलासा गरेका छन् जसका कारण उनको चर्चा चारैतिर चुलिएको छ ।

अरवाजले टाइगरलाई भर्जिनिटीका बारेमा सोध्छन् उनको जवाफ टाइगरले एकदमै रमाईलो तरिकाले दिएका छन् । अरवाजले एक फ्यानको जिज्ञासालाई राख्दै भन्छन् के टाइगर भर्जिन हो ? यसको सवालमा टाइगर भन्छन्– म सलमान खान जस्तै भर्जिन छु । स्मरण रहोस् कफि विथ द करण शो मा करण जोहरले पनि सलमानलाई यहि प्रश्न गरेका थिए । त्यतिबेला सलमानले आफु भर्जिन रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर