फिल्म शुटमा करीना कपूर , छोरा तैमुरको रेखदेखमा आफै खटिए सैफ अली खान , फोटो भयो भाइरल — OSNepal

फिल्म शुटमा करीना कपूर , छोरा तैमुरको रेखदेखमा आफै खटिए सैफ अली खान , फोटो भयो भाइरल

LC (KTM) August 04, 2021 0

करीना कपूर खान डेलिभरी भएको केही दिनमा नै फिल्मको शेटमा आएकी थिईन् । केही शो तथा एडमा समेत देखिएकी करीना शुटिंगमा देखिएकी छिन् । जहाँ एकातिर करीना सेटमा शुटिंगमा ब्यस्त भईरहेको देख्न सकिन्छ भने अर्काे तिर छोरा तैमुरको रेखदेखका सैफ अली खान आफै खटिएको देखिएको छ ।

करीना तथा सैफको यो फोटो एकदमै भाइरल भएको छ । यसपटक फिल्मी सेटमा करीना एकदमै राम्री भएर आएकी थिईन् । उनी रातो रंगको लुगा तथा रातै रंगको लिपस्टिकमा खुला कपालका साथ एकदमै आकर्षक देखिएकी थिईन् । तस्बीरमा उनी बाहेक अरु पनि मास्क लाईरहेको देख्न सकिन्छ । तस्बीर बाटै प्रष्ट हुन्छ कि कोरोना बिरुद्धको प्रोटोकलको सबैले पालना गरेका छन् ।

उनी यो फोटोमा एकदमै मन्द मुस्कान छाडिरहेकी देखिन्छीन् । त्यस्तै अर्काे तर्फ करीनाको अनुपस्थितीमा सैफले छोरा तैमुरको रेखदेख गरिरहेको देख्न सकिन्छ । उनी आफ्नो छोरा संग बान्द्रामा रहेको एक बेकरी सपको बाहिर देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर