आज सुन्दरी नायिका जसिता गुरुङको जन्मदिन, कति वर्षमा लागिन् ? — OSNepal

आज सुन्दरी नायिका जसिता गुरुङको जन्मदिन, कति वर्षमा लागिन् ?

LC (KTM) May 16, 2021 0

काठमाडौँ-आज सुन्दरी नायिका जसिता गुरुङको जन्म दिन परेको छ ।  उनको जन्म बेलायतमा भएको हो ।  आज उनी आफ्नो २५औं जन्मदिन मनाउँदैछिन् ।‘लिली–बिली’ नेपाली चलचित्रमा डेब्यु गरेकी जसिताले बेलायतको हेनरी ब्यूफोर्ट स्कुलमा माध्यमिक शिक्षा र पिटर साइमन्ड सिक्स्थ फर्म कलेजबाट स्नातक गरेकी हुन् । हाल उनी विन्चेस्टर, ह्याम्पसायरमा बस्दै आएकी छन् ।

जसिताले पहिलो पटक नै चकलेटी नायक प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्न पाएकी थिइन् । प्रदीप र जसिताको जोडी ‘लभ स्टेसन’ चलचित्रमा पनि दोहोरिएको थियो । जसिताले खेलेका ‘लिली–बिली’ र ‘लभ स्टेसन’ दुवै सफल मानिन्छन् । दुबै चलचित्रमा उनले गरेको अभिनयलाई अत्यन्तै मन पराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर