प्रेमीकालाई कारको छतमा बाँधेर यि प्रेमीले तिब्र गतिमा कार हाँक्दै शहर परिक्रमा गराएपछि — OSNepal

प्रेमीकालाई कारको छतमा बाँधेर यि प्रेमीले तिब्र गतिमा कार हाँक्दै शहर परिक्रमा गराएपछि

LC (KTM) August 05, 2021 0

काठमाडौं। प्रेममा रमाइलो हुन्छ । मोजमस्ती पनि भएको दृश्य हामीले देखेका छौँ । तर आफ्नी प्रेमीकालाई बाँधेर तिब्र गतिमा कार कुदाएको दृश्य भने पहिलो पटक देखिएको छ । यो खबर हो रुसको ।

सामाजिक संजाल इन्फ्लुएन्सर सर्गेइ कोसेन्कोले यस्तो हर्कत गरेपछि अहिले उनी अप्ठ्यारोमा परेका छन् । सर्गेइ आफ्नी गर्लफ्रेण्डलाई कारको छतमा बाँधेर सहरमा निस्किएको भिडियो भाइरल बनेपछि उनी कारवाहीमा परेका छन् । पुलिसले सर्गेइमाथि भारी जरिवाना लगाएको रुसी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गर्लफ्रेण्डलाई छतमा डोरी र टेपले बाँधेको भिडियोमा देख्न सकिन्छ । कार सर्गेइले चलाइरहेका थिए । उनले मस्कोको सडकमा लग्जरी बेन्टली कार दौडाइरहेका थिए । उनले एउटा हात बाहिर निकालेर गर्लफ्रेण्डको हात समातेको यो दृश्यले उनी विबादमा तानिएसँगै उनले माफी समेत मागेको बताइन्छ । यो भिडियोका कारण सर्गेइको आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर