सुदूरपश्चिममा कोरोना संक्रमित बिरामी एक थान सिलिन्डरका लागि तड्पिँदै,वेडमा सिलिन्डरकै कारण मृत्यु कुरिरहेका हुन्छन — OSNepal

सुदूरपश्चिममा कोरोना संक्रमित बिरामी एक थान सिलिन्डरका लागि तड्पिँदै,वेडमा सिलिन्डरकै कारण मृत्यु कुरिरहेका हुन्छन

LC (KTM) May 17, 2021 0

धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध जित्नुजस्तै भएको छ । सेती प्रादेशिक अस्पतालमा बिहानै अक्सिजनका लागि लाइन लाग्नुपर्ने बाध्यता छ ।

अक्सिजनका लागि कहिले कता रु कहिले कता कुद्ने गरेका छन् । अब त अस्पतालको बाहिर गाडी आयो भने पनि संक्रमितका आफन्त अक्सिजन आयो भने त्यतै कुद्छन् । अस्पतालका कर्मचारी सबैलाई यसैगरी आशा बाँडिरहेका हुन्छन् । अलिकति भए पनि खुसी बाँडिरहेका छन् । जो रातदिन नभनी अक्सिजनका लागि अक्सिजन उद्योगमा खटिरहेका छन् । र, अलिकति अक्सिजनसँगै सास बाँडिरहेका छन्, । जीवनको आशा बाँडिरहेका छन् । यो खबर राजधानी दैनिकमा छ ।

अहिले धनगढीका १० वटा निजी अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको छ । कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । सबै अस्पतालमा आएका संक्रमितका आफन्तले आफैँ अक्सिजन जोहो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर