आफ्नो मिल्ने साथीको मोबाईलमा बहिनीको फोटो, डिलीट गर्न नमाने पछि दाजुले गरिदिए साथीको ह त्या — OSNepal

आफ्नो मिल्ने साथीको मोबाईलमा बहिनीको फोटो, डिलीट गर्न नमाने पछि दाजुले गरिदिए साथीको ह त्या

LC (KTM) August 05, 2021 0

भारतको उत्तर प्रदेश गाजियाबाद जिल्लामा एउटा अनौठो घटना घट्न पुगेको छ । एक युवकले आफ्नै साथीलाई चक्कुले हानेर ह त्या गरिदिएका छन् । उनले ह त्या गर्नुको कारण भने अनौठो रहेको छ ।

साथीको मोबाइलमा आफ्नो बहिनीको फोटो भेटिनु र साथीले त्यस फोटो डिलिट गर्न नमान्नु रहेको छ । यस घटनामा संलग्नलाई पुलिसले नियन्त्रणमा लिईसकेको छ । यो घटना गाजियाबाद साहिबाबाद थाना क्षेत्रको हो । जहा बृन्दावन गार्डनको पाइपलाइन ईलाकामा २२ बर्षिय युवक रन्जन पुत्र केदारनाथ झा बस्ने गरेका थिए ।

गत मंगलबार उनी आफ्नो साथी सुरज शुक्ला संग भेट्नको लागि श्याम एनक्लेवमा उसको कार्यालयमा पुगेका थिए । सिओ बोर्डर आलोक दुबेका अनुसार रन्जनको मोबाइलमा सुरज शुक्लाको बहिनीको केही फोटोहरु थियो । जस्लाई डिलिट गर्ने बिषयमा दुबै जना बीच बिबाद हुन्छ । यसै दौरानमा सुरजले रन्जन माथी चक्कु प्रहार गर्छन् ।

सुरजले उनको शरीरमा अन्धा धुन्ध चक्कु प्रहार गरिरहन्छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्छ । घाईते अवस्थाका रन्जन झा लाई अस्पताल लगिन्छ । अस्पतालमा पु¥याए लगत्तै चिकित्सकले उनलाई मृ त घोषित गरिदिन्छ ।

रन्जन पढाई पुरा गरीसकेपछि रोजगारीको खोजीमा रहेका थिए । मृ तक रन्जनका पिता केदारनाथ झाले साहिदबाबाद थानामा ह त्याको उजुरी दर्ता गरेका छन् भने पुलिसले सुरजलाई जेल पठाईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर