एक ब्यक्तिले साँढे लाई जिस्काए पछि ब्यहोर्नु प¥यो यस्तो क्षती, साँढे नियन्त्रणमा लिन टोली नै परिचालन — OSNepal

एक ब्यक्तिले साँढे लाई जिस्काए पछि ब्यहोर्नु प¥यो यस्तो क्षती, साँढे नियन्त्रणमा लिन टोली नै परिचालन

LC (KTM) August 06, 2021 0

बंगालको पश्चिम बर्धमान जिल्लाको अण्डालमा एक ब्यक्तिले साँढे लाई जिस्काउँदा एकदमै महंगो क्षती ब्यहोर्नु परेको छ । साँढले उक्त ब्यक्तिलाई पछाडीबाट आफ्नो तिखो सिङले उनेर जमिनमा पछारिदिएको छ ।

पछारी सके पछि पनि उनको पेटमा तिखो सिङले घोपि दिएको छ । साँढेले बजार क्षेत्रमा एकछिन त पुरै तहल्का नै मच्चाएको थियो । ति ब्यक्ति लाई जसो तसो साँढे बाट बचाएर अस्पताल लगिएको थियो ।

ति ब्यक्तिको अवस्था एकदमै गंभीर रहेको बताइएको छ । अण्डला बिडीओ सुदीपत बिश्वासका अनुसार साँढेलाई जंगलमा छोड्नका लागि ब्यवस्था गरिएको छ । साँढे गोरुलाई रिहाइशी क्षेत्र बाट जंगलमा छोड्नका लागि पुरै अपरेशननै चलाउनु परेको थियो । साँढेलाई बेहोस पार्ने सुई दिइएको थियो ।

तर उक्त सुईका कारण साँढेको मृ त्यु भएको छ । आरोप यो रहेको छ कि उक्त सुई लगाउने ब्यक्ति पशु चिकित्सक थिएनन् । साँढेलाई स्थानीय ब्यक्ति द्धारा सुई हानिएको थियो जसका कारण साँढेको मृ त्यु भएको थियो । यस घटनाले अहिले सबै तिर तहल्का पिटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर