संसारकै अचम्मको सैलुन, जहाँ सुनको छुराले काटिन्छ दाह्री, दाह्री काट्नेको लाग्छ लाइन — OSNepal

संसारकै अचम्मको सैलुन, जहाँ सुनको छुराले काटिन्छ दाह्री, दाह्री काट्नेको लाग्छ लाइन

LC (KTM) August 06, 2021 0

एजेन्सी । सुनको छुराले दाह्री काट्ने गरेको कहिल्यै देख्ने वा सुन्ने गर्नुभएको छ रु यो अनौठो खबर हो भारतको । भारतीय मिडियाका अनुसार यो घटना पश्चिम भारत महाराष्ट्रको सांगली शहरको हो । जहाँ दाह्री काट्न आउने मानिसहरुले वेटिङ लिस्टमा नाम लेखाउने गर्छन् ।

शैलुनका मालिक रामचन्द्र दत्तात्रेय काशिदले आफ्नो मातापिताको बिहेको ३३औँ वार्षिकत्सवमा सुनको छुरा ल्याएपछि शैलुनको आकर्षण बढेको हो । भारतीय मिडियाका अनुसार साढे तीन लाखको लागतमा बनाइएको छुरामा अठार क्यारेटको साढे दश तोला सुन रहेको बताइएको छ ।

पुणेका एक धातुकर्मीले २० दिनको मेहनतपछि तयार पारेपछि यो सैलुनले ब्यापक चर्चा बटुलीरहेको छ । मानिसहरु यहाँ दाह्री कटाउने मात्र नभई उनीहरूका नातेदार र बालबच्चा पनि सुनको छुरा हेर्न आउने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर