राजदूत डा. शाक्य भन्छिन् 'सबै नेपाली सुरक्षित छौँ' — OSNepal

राजदूत डा. शाक्य भन्छिन् ‘सबै नेपाली सुरक्षित छौँ’

LC (KTM) May 17, 2021 0

कठमाडौँ । इजरायलस्थित नेपाली राजदूत डा अञ्जना शाक्यले हालसम्म ईजरायलमा रहेका सबै नेपाली नागरिकहरु सुरक्षित रहेको बताएकी छन् । इजरायलमा गत सोमबारदेखि इजरायली सेना र प्यालेस्टाइन लडाकूबीच यतिबेला द्वन्द्व चर्किरहेका बेला ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला अहिलेसम्म भने नेपाली नागरिकहरु सुरक्षत् िरह्ेक्ँे राजदूत डा शाक्यले जानकारी दिइन् ।

इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहँदा गाजा क्षेत्रबाट प्यालेस्टाइन लडाकुले इजरायलमा निरन्तर रकेट आक्रमण गरिरहेका बेला राजदूत डा। शाक्यले ईजरायल सरकारले प्यालेस्टाइनबाट आक्रमण हुने भएपछि विश्वभरका राजदूतहरुलाई जुम मिटिङबाट बोलाएर सबै विदेशी नागरिकहरु आफनो नागरिक भएको र उनीहरुको सुरक्षा आफूहरुको जिम्मेवारी भएको जानकारी दिएको बताइन् । शनिबार विहान नेपाल पत्रकार महासघं यूरोप शाखाको ५७ औं अंकको विशेष कार्यक्रममा ईजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा आपतकालीन कार्यक्रममा राजदूत डा। शाक्यले भनिन्, ‘ईजरायल देशमा रहेको डोम जसलाई डिफेन्स सिस्टम भनिन्ट । उसले गर्दा विद्रोही समूह हमास, जिहादीलगायतले हानेको रकेट बम अकाशमै निष्क्रिय बनाइने भएकाले खासै ठूलो क्षति भएको छैन ।’

डाक्टर शाक्यले ‘रकेट आक्रमण हुने भएपछि आइरन डोमले संकेत गर्छ र हामी सबै बंकरमा सुरक्षित हुन जान्छौं । यदि ईजरायलको यो डिफेन्स सिस्टम नभएको भए हामी कोही पनि बाच्ने थिएनौँ । इदप् ि इजरायल र प्यालेस्टाइनबिचको द्धन्द्धले जनजीवन भने ब्यापक रुपमा प्रभाविवत भइरहेको उनले बताइन् । उनले हरेक दिन आफूहरुको बसोबास गरिरहेको घरलाई नै लक्षित गर्दै आक्रमण गरिरहेको र रात कटाउन समेत सबैलाई गाह्रो भइरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर