सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी — OSNepal

सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

LC (KTM) August 08, 2021 0

काठमाडौ २४ साउन । सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , जनता समाजवादी पार्टीका उपेन्द्र यादवलगायतको उपस्थिति रहेको जनाइएको छ । आजको बैठकमा सरकारले आजै सार्वजनिक गर्न लागेको न्युनतम साझा कार्यक्रमको विषयमा पनि छलफल हुने भएको छ ।

गठवन्धनले सरकारको नेतृत्व गरेको एक् महिना पुग्दै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । आजको बैठकमा मन्त्रालय र मन्त्रीको पनि टुंगो लगाइने स्रोतले जनाएको छ ।

गठवन्धन सरकारले बनाएको कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर