उपचार खर्च र्तिन नसक्दा चार महिनाको शिशु अस्पतालमा बन्धक — OSNepal

उपचार खर्च र्तिन नसक्दा चार महिनाको शिशु अस्पतालमा बन्धक

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । उपचार खर्च र्तिन नसक्दा चार महिने शिशुलाई एक अस्पताले बन्धक बनाएको छ ।

भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई उपचार गरेको खर्च आमा बाबुले तिर्न नसक्नदा यक्त अस्पतालले शिशुलाई बन्धक बनाएको हो ।

आन्द्रा दोब्रिएर बिरामी भएको उक्त शिशुलाई कुरेर बसेकी आमा बाबुलाई अस्पतलाले उपचार खर्चजोह गर्न भनेर अस्पतालबाट पठाएको र उनीहरुलाई स्थानीयवासीले चन्दा उठाएर दिएको रु ५४ हजार बुझाएपछि पनि फेरि ऋण खोजेर र एक लाख १५ हजार शनिबार बुझाए पछि पनि फेरि बिल बढेको भन्दै फेरि भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने अस्पतालले बताएको जनाइएको छ ।

गत साउन १५ गते शिशुको उपचारको लागि उक्त अस्पताल ल्याइएको थियो । पैसा खोज्न जा भन्दै आमालाई अस्पतालबाट फर्कादिएपछि आल चार महिनाको शिशु अस्पतालमै एक्लै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर