सरकारले पूरै खेती योग्य जमिन चलन चल्तीको रकममा किनेर सरकारीकरण गर्नुपर्छ : गौतम — OSNepal

सरकारले पूरै खेती योग्य जमिन चलन चल्तीको रकममा किनेर सरकारीकरण गर्नुपर्छ : गौतम

LC (KTM) August 08, 2021 0

काठमाडौँ २४ साउन नेकपा एमालेका उपध्याक्ष बामदेव गौतमले सरकारले पूरै खेती योग्य जमिन चलन चल्तीको रकममा किनेर सरकारीकरण गर्नुपर्ने बताएका छन् ।

आज आइतबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता गौतमले भुमि सुधार गर्नु पर्ने भन्दै खेती योग्य जमिनमा खेती मात्रै गर्ने व्यवस्था सरकारले गर्नुपर्ने बताएका छन् ।

‘अब, सरकारले पूरै खेती योग्य जमिन चलन चल्तीको रकममा किनेर सरकारीकरण गर्नु पर्छ, ती जमिनमा खेती गर्ने व्यवस्था गर्नु पर्दछ ।’ बैठकमा गौतमले भने ।

भूमि आयोग पहिले पनि बनेको थियो, जमिन वितरण गरेको थियो, फेरि कहाँबाट सुकुम्बासी थपिए, यसको अध्ययन हुन आवश्यक भएको बताएका गौतमले भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेको करिब १६ लाख आवेदनअनुसार ४ लाख हेक्टर जमिन वितरण गर्न वन फडानी गर्नुपर्ने भएकाले सरकारी जमिनसमेत व्यक्तिको नाममा जाने हुँदा थप ठूलो समस्या उत्पन्न हुने दावी समेत गरेका छन् ।

भूमि जनताको हातमा पुगेकाले थप जटिल समस्या बन्दै गएको समेत बैठकमा बताएका उनले जने, ‘सुकुम्बासीलाई भूमि वितरण गरेर समाधान गर्न खोजे समस्या जटिल बन्छ, समस्या समाधान हुन सक्दैन, जमिन पाएका मान्छेले बेचेर फेरि सुकुम्बासी बन्छन्, त्यसो हुँदा सरकारले नै जमिन अधिकरण गर्नु पर्ने बेला आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर