साउदी राजकुमारकी सुन्दर श्रीमतीको तारिफयोग्य काम, जसले बुर्का छाडेर समाजसेवामा लागिन् — OSNepal

साउदी राजकुमारकी सुन्दर श्रीमतीको तारिफयोग्य काम, जसले बुर्का छाडेर समाजसेवामा लागिन्

LC (KTM) August 08, 2021 0

एजेन्सी । यी हुन साउदी अरबकी राजकुमारी हुन् अमीरा अमीरा अल तावील । नी अर्बपति राजकुमार अलवलीद बिन तलालकी पत्नी हुन् । जो ३२ बिलियन डलरका मालिक छन् । तलालकी उनी तेस्रो पत्नी हुन् ।उनी, साउदी अरब जस्तो कठोर कानुन भएको देशमा छाडेर पश्चिमा फेसन गर्छिन् । उनी, खुलस्त सामाजिक अभियानमा सरिक हुन्छिन् । महिला हक–अधिकारका लागि लड्छिन् ।

साउदी अरबमा महिलाहरु खुलमखुला हिँड्न पाउँदैनन् । उनीहरुले हरवखत आफुलाई बुर्काले लुकाउनुपर्छ । यदि त्यसो नगरिए कडा भन्दा कडा सजायको भोग्न तयार हुनुपर्छ । कठोर कानुन भएको यो देशमा कुनै महिलाले बुर्का उठाउने हिम्मत गर्दैनन् ।तर अपवाद हुन, राजकुमारी अमीरा अल तावील । उनी अनुहार ढाक्ने कालो बुर्काले आफुलाई छोप्दैनन् । बरु, युरोपियन फेसनको पारख गर्छिन् । अक्सर जिन्स र टिसर्टमा ठाँटिएर हिँड्छिन् । पहिरनमा बिद्रोह गर्ने उनी पहिलो महिला हुन ।

उनी सहयोगी र दयालु पनि छिन् । आफुलाई उनले समाजसेवाको बाटोमा लगाएकी छिन् । विश्वको कुनैपनि कुनामा आपत बिपत परेमा उनी सहयोगका लागि हात बढाउँछिन् । चाहे अफ्रिकामा सुकुम्बासीको घर बनाइदिन होस् वा पाकिस्तानको बाढी प्रभावितलाई उद्वार गर्न, उनी अग्रसर देखिएकी छिन् ।राजकुमारी अमीराको जन्म ६ नोभेम्बर १९८३ मा रियाद, साउदी अरबमा भएको थियो । उनको पिता ऐदान बिन नैयफ अल तवील हुन् । अमीरा सानै छँदा आमा बुवाको सम्बन्ध बिच्छेद भइसकेको थियो । अमीराले एमबिए गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर