करोडपति बाउकी छोरीको रोडको बास, बुवा ८२० मिलियन डलरको मालिक, छोरी सडकमा बस्न बाध्य , कारण यस्तो छ — OSNepal

करोडपति बाउकी छोरीको रोडको बास, बुवा ८२० मिलियन डलरको मालिक, छोरी सडकमा बस्न बाध्य , कारण यस्तो छ

LC (KTM) August 08, 2021 0

अमेरिकामा एक महिलाले दाबी गरेकी छिन् कि उनी संग बस्ने आफ्नो कोठा पनि छैन । जबकी उनको बुवाको ८२० मिलियन डलर अर्थात करीब भारतीय रुपैया ६१ अर्ब रुपैया बराबरको सम्पत्ति रहेको छ । महिलाका अनुसार उनी कारमा गुजारा चलाउन बाध्य छिन् ।

३८ बर्षीय लतान्या यांग अरबपति डाक्टर ड्रीको छोरी हुन् । लतान्याको दाबी रहेको छ कि भीख मागेर आफ्नो कारमा गुजारा काटिरहेकी छिन् । जबकी उसको अरबपति बुवाको लगभग ८२० मिलियन डलरका मालिक रहेका छन् । लतान्याले खुलासा गरेकी छिन् कि उनी तथा उनका ४ बच्चा बेघर रहेका छन् ।

यसका लागि सहयोग माग्दा पनि १८ महिना सम्म आफ्नो अरबपति पिताले एक पैसा दिएका थिएनन् । उनकी छोरी लतान्या डेलिभरी ड्राइभरको रुपमा काम गरिरहेकी छिन् । उनी भन्छिन् क्यालिफोर्नियामा घरभाडामा लिएर बस्ने आफु संग पैसा छैन ।

उनी भाडाको एसयुवीमा रहने गरेकि छिन् , जबकी उनका ४ सन्तान आफ्नो साथीकोमा बस्दै आएका छन् । उनी ५ बर्षको हुँदा उनका बुवा उनीबाट अलग भएका थिए । उनले आफ्नो बुवालाई १८ बर्ष देखी नदेखेको समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर