गाडी नगुड्दा पनि घटेन काठमाडौंको प्रदूषण ? — OSNepal

गाडी नगुड्दा पनि घटेन काठमाडौंको प्रदूषण ?

LC (KTM) May 17, 2021 0

काठमाडौं । राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन् । तर पनि काठमाडौं विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ । यस्तो किन भएको होला रु

वायुको गुणस्तरसम्बन्धी तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्याण्डस्थित एयर भिजुयल नामक संस्थाका अनुसार गत सोमबार दिउँसो प्रदूषित सहरको सूचीमा विश्वका सय शहरमध्ये काठमाडौँ छैटौँ स्थानमा थियो ।

स्थानीय कारणसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य वाली खेतमा डढाउँदा निस्किने उत्सर्जनसहितको प्रदूषित हावाको बहाव राजधानी खाल्डोमा आउँदा प्रदूषण बढ्ने गरेको मानिँदै आएको छ । यसैगरी भारत र अन्यत्रबाट समेत प्रदूषित हावा नेपाल भित्रिने गरेको विज्ञ औंल्याउँछन् । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर