नङ किन फुल्छ ? कुन औलाको नङ फुल्दा के हुन्छ? जानीराखौ — OSNepal

नङ किन फुल्छ ? कुन औलाको नङ फुल्दा के हुन्छ? जानीराखौ

LC (KTM) August 10, 2021 0

केटाकेटी युवायुवती वा बुढाबुढी सबैको औलाको नङ फुलेको पाइन्छ । बालबालिकाहरु नङ फूले नयाँ लुगा लगाउन पाइन्छ भन्दै रमाउँछन्। के साँच्चै नङ फुल्नु सौभाग्यको सूचक हो ? केही प्रचलित मिथकः हालतका सबै नङ एकैपटक फूले त्यसले व्यक्ति ठुलो मानसिक संघर्ष झेल्दैछ र उक्त व्यक्ति भविष्यमा बिरामी पर्छ भन्ने संकेत हो ।

दायाँ वा बायाँ हातको बुढी औलाको नङ फुले त्यसले निकट भविष्यमै प्रेम मिलनको संके गर्छ भने नङमा काला टिकाहरु देखिएविपरीत फल भोग्नुपर्ने हुन सक्छ । साहिँली औंलाको नङ फूले मानसम्मान धन तथा यश प्राप्तिको योग बन्छ । त्यसको विपरीत काला छिटाहरु देखिए अपमान, अपजस तथा बदनामीको सामना गर्नुपर्ने हुनसक्छ।

कान्छी औलाको नङमा देखिने सेता दाग व्यापारमा लाभ तथा लक्ष्य प्राप्तिमा अनुकुलताको सूचक मानिन्छ । काला दागले भने त्यसको विपरीत फलको संकेत गर्दछ । चोरी औंलाको नङ फुले प्रेम विजय, मानसम्मान तथा धन प्राप्तिको संकेत मिल्छ । यसको विपरीत काला छिटाहरु देखिए धन तथा मानहानी हुनसक्छ ।

माझी औलाको नङ फुले यात्राको योग परेको मानिन्छ । त्यसविपरीत काला छिटाहरु देखिए यात्रामा नोक्सानी तथा दुर्घटनासमे भोग्नुपर्ने हुन सक्छ । नङ पँहेलो देखिए व्यक्तिको स्वास्थ्यको दृष्टिले प्रतिकुल अवस्थामा रहेको मानिन्छ । यसैगरी रातो तथा नीलो रंग देखिनु पनि अशुभ मानिन्छ । फुलेको नङको प्रभाव बढीमा पाँच महिना रहने विश्वास छ ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर