३ सय फीट अग्लो टावरमा चढे एक जड्याहा , उनको यो हर्कतले पुलिसको छुट्यो पसीना , टावर चढ्नुको कारण यस्तो रहेछ — OSNepal

३ सय फीट अग्लो टावरमा चढे एक जड्याहा , उनको यो हर्कतले पुलिसको छुट्यो पसीना , टावर चढ्नुको कारण यस्तो रहेछ

LC (KTM) August 10, 2021 0

भारततको महाराष्ट्रको बुलढाणा जिल्लामा एक जड्याहाको हर्कतले पुलिस प्रशासनलाई नै होस उडाई दिएको छ । रक्सि खाएको तालमा ति जड्याहाले बीएसएनएलको टावर चढेका थिए । ३ सय फीट उचाइमा पुगे पछि उक्त जड्याहाले यस्तो हर्कत गरेका थिए कि जस्का कारण सबै हैरान भएका थिए ।

उनले आफ्नो गलामा तार लगाएका थिए । त्यसपछि उनले आफ्नो शर्ट खोलेर हावामा फन फन घुमाएका थिए । करीब साढे ४ घण्टा सम्म चलेको जड्याहाको नाटक हेर्न पुरै भिड जम्मा भएको थियो । उनले नशाको तालमा ३ सय फुट अग्लो टावरमा चढेका थिए । जब उनी यो टावरमा चढिरहेका थिए कसैले ध्यान दिएका थिएनन् ।

तर जब एकदमै उचाईमा पुगे अनि उनको कामीरहेको खुट्टा देखे त्यसपछि भीड जम्मा भएको थियो । उनलाई जम्मा भएको भीडले मुनि उत्रनको लागि कराएका थिए । तर उनले कसैको पनि कुरा सुनेका थिएनन् । यो खबर त्यहि रहेको पुलिसकोमा पुग्यो । पुलिस आउनु भन्दा अघि नै उनी टावरको टुप्पोमा पुगिसकेका थिए ।

उनी धेरै उचाइमा रहेका कारण उनलाई देखिएको थिएन् । त्यसपछि पुलिसले ड्रोनको माध्यमबाट हेरेको थियो । उनलाई त्यहाँ जम्मा भएको नगरबासीहरुले उनी मिलिन्द नगरमा रहने संजय जाधव रहेको पहिचान भएको थियो ।

शर्ट खोलेर हातमा लहराउँदै उनी टावरमा समातेर उभिएका थिए । उनलाई मुनि उतार्न पुलिसलाई पसीना नै छुटेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनको परिवारले उनलाई एकदमै चिन्तित बनाएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर