एमसीसी हरेक जनताको घर घरमा पुगेको विषय भएकाले यसमा राष्ट्रिय सहमति हुनुपर्छ : सभामुख सापकोटा — OSNepal

एमसीसी हरेक जनताको घर घरमा पुगेको विषय भएकाले यसमा राष्ट्रिय सहमति हुनुपर्छ : सभामुख सापकोटा

LC (KTM) August 11, 2021 0

काठमाडौं २७ साउन । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी) हरेक जनताको घर घरमा पुगेको विषय भएकाले यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

आज बुधबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै सापकोटाले यसमा आफुले पनि तटस्थ ढंगले अध्ययन गरिरहेको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

यो विषयलाई आफु अगाडी बढाउन चाहेको बताएका सापकोटाले राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने बताएका छन् ।

तथापी, संसदमा पनि सहमति नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सापकोटाको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर