नष्ट गर्नकै लागि भनेर कुवेतले ५२ मिलियन टायरहरु जम्मा गरेको खुलासा, ७० लाख टायर जलाए पछि कुवेती जनताको आक्रोश — OSNepal

नष्ट गर्नकै लागि भनेर कुवेतले ५२ मिलियन टायरहरु जम्मा गरेको खुलासा, ७० लाख टायर जलाए पछि कुवेती जनताको आक्रोश

LC (KTM) August 11, 2021 0

बिश्वकै सबैभन्दा बढी टायर राखिने यार्डबाट बिषालु धुँवाको मूस्लो निस्किएको तस्बीर बाहिर आएको छ । जस्लाई दखेर जो कोही छक्क पर्छ । कुवेतको सुलैबिया क्षेत्रमा लगभग ७० लाख टायर जलाइएको थियो । जस्लाई जलाउँदा निस्किएको धुँवाको मूस्लो अन्तरिक्ष बाट समेत देखिएको छ ।

६ एक्कड क्षेत्रफलमा फैलिएको यस डम्पिंग साइड बाट निस्किएको बिषालु धुँवा सेटलाईटको क्यामरामा समेत कैद भएको छ । उक्त टायरहरु बुवेत सहित अन्य देशहरुबाट ल्याएर थुपारिएको थियो । यस टायरहरुलाई जलाएर नष्ट गर्ने जिम्मेवारी ४ कम्पनीलाई दिइएको थियो । यस कार्यको लागि उनीहरुलाई पर्याप्त पैसा समेत दिइएको थियो ।

भिडियो बाहिर आएपछि सबैले यस्तो दहनशील बिषालु पदार्थ देशमा जम्मा गरेको बिषयमा प्रश्न उठाएका छन् । उनीहरुले पहिले देखीनै तापमान ५० डिग्री सेल्सियस भएको ठाउँमा टायर जलाउँदा के होला भनेर प्रश्न गरेका छन् । कुवेत सरकारले बितेका ३० बर्ष यता प्रयोग भएका टायरहरुलाई अलग अलग ठाउँमा जम्मा गरेर राखेको छ । अहिले सम्म ५२ मिलियन टायरहरु जम्मा गरेर राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर