तालिवानको यौन तृष्णा मेटाउने साधनको रुपमा प्रयोग हुदै अफगानी किशोरी तथा महिलाहरु , घर घर बाट उठाउँदै सेक्स गुलाम बनाउँदै — OSNepal

तालिवानको यौन तृष्णा मेटाउने साधनको रुपमा प्रयोग हुदै अफगानी किशोरी तथा महिलाहरु , घर घर बाट उठाउँदै सेक्स गुलाम बनाउँदै

LC (KTM) August 12, 2021 0

अमेरिका तथा नेटो सैनिक अफगानिस्तान बाट फिर्ता भएसंगै तालिवानले आफ्नो दबदबा बढाएको छ । तालिवानले आफ्नो चलखेल सुरु गरेको छ । तालिवानको बढ्दो प्रभावबाट सबै भन्दा बढी अफगानिस्तानका महिलाहरु प्रताडित बन्न थालेका छन् ।

द सन वेबसाइटको रिर्पाेट अनुसार तालिवानको ब्यक्तिहरुले घर घरमा गएर केटी तथा महिलाहरुलाई खोजी गर्दै उनीहरुलाई सेक्स गुलाम बनाईरहेको छ । द सनको रिर्पाेट अनुसार तालिवानका नेताहरु अब अफगानिस्तानका युवतीहरुलाई अपहरण गर्दै उनीहरुलाई जबरजस्ती बिबाह गरेर सेक्स गुलाम बनाउने काम गरिरहेका छन् ।

तालिवानको यो हर्कत इराक तथा सीरियामा रहेको इस्लामिक स्टेटको क्रुरता संग मिल्दो जुल्दो रहेको छ । उनीहरु महिलाहरुलाई सेक्स गुलाम बनाउनका लागि एकदमै कुख्यात रहेका छन् । तालिवानले नियन्त्रणमा लिएको क्षेत्रबाट उनीहरुले १५ बर्ष देखी ४५ बर्ष सम्मका महिलाहरुको लिस्ट तालिवानलाई बुझाउन आग्रह गरेको थियो ।

जबकी उनीहरु संग आफ्नो केटाहरुको बिबाह होस् भन्ने तालिवानको चाहना थियो । रिर्पाेटका अनुसार अब तालिवानले जबरजस्ती यी उमेर समुहका किशोरी तथा महिलाहरुलाई घर बाटै उठाईरहेको छ । ब्लुमबर्गको रिर्पाेट अनुसार यस प्रकारको हर्कत संगै तालिवानको कब्जामा रहेको क्षेत्रका महिलाहरुका लागि एकदमै चुनौती बढेर गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर